माछापुच्छ्रे बैंकद्वारा ८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंक ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

आज बसेको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१-८२ को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश र करसहित ४ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार