बामदेव गौतम कैलालीको बैठकलाई सम्बोधन गर्न धनगढी आउँदै 

धनगढी– नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता बामदेव गौतम धनगढी आउने भएका छन् ।

जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी आउन लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए ।

गौतमले १४ गते धनगढीमा जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने बताइएको छ ।

नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिर जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार