नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी भर्ती गर्ने भएको छ ।

बोर्डले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी सहायक निर्देशक दुई जना र वरिष्ठ सहायक दुई जना गरी चार जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्य नेपाली नागरिकले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

आवेदन असोज २ गतेसम्म दिन सकिनेछ । तर दोब्बर दस्तुर तिरेको खण्डमा भने असोज ९ गतेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार