काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको दोहन तथा भ्रष्टाचार मुद्दामा जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियरसमेत ८ जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी बिगो माग दाबीसहित अख्तियारले आरोपपत्र दायर गरेको हो ।
आर्थिक वर्ष २०८०–८१ मा नगरपालिकाको ६,९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानून विपरीत गरी अनियमितता गरेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले आरोपीहरुमाथि अनसन्धान गरेको थियो ।