उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढ्यो

चितवन । चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल अण्डा उत्पादक संघले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ ।

विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, आगामी बिहीबारदेखि लागु हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५४५ रुपैयाँ र मझौला अण्डाको ५३० रुपैयाँ कायम गरिएको छ । यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ रुपैयाँ कायम गरिएको छ ।

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छ भने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् । लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार