राष्ट्र बैंकले एक हजार रूपियाँको ४३ करोड वटा नोट छाप्ने, ग्लोबल टेन्डर आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपियाँको नोट छाप्न अन्तरराष्ट्रिय रुपमा टेन्डर आह्वान गरेको छ । राष्ट्र बैंकले एक हजार रुपियाँको ४३ करोड वटा नोट छाप्न आज ग्लोबल टेन्डर आह्वान गरेको हो । जुन चार खर्ब ३० अर्ब रुपियाँ हुन आउँछ ।

ग्लोबल टेन्डरमा गत मार्च १२ को सूचना अनुसार पूर्व योग्यता प्राप्त सेक्युरिटी प्रिटिङ मात्रै सहभागी हुन पाउने छन । उनीहरुले प्राविधिक र वित्तीय प्रस्ताव पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।

आगामी असोज २४ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ । सोही दिन दिउँसो १ बजे बोलपत्र खुला गरिने राष्ट्र बैंकको भनाइ छ ।

आवेदन शुल्क भने नेपाली रुपियाँमा २० हजार, डलरमा १४४, युरोमा १२३ र पाउन्डमा १०७ लाग्नेछ ।

राष्ट्र बैंकले आगामी असोज १ गते प्रि–बिड मिटिङ पनि राख्नेछ । आवेदन दिने कम्पनीले ६ करोड ४० लाख रुपियाँ बिड सेक्युरिटी पनि राख्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार