इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी हटेको छ ।

यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी बनाउने भनिएको थियो ।

विभागका अनुसार सवारी दर्ता, नामसारी र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था अनिवार्य गरिएको र यातायात व्यवस्था ऐन, २०४९, यातायात व्यवस्था नियमावली, २०५४ तथा मन्त्रिपरिषद् बैठकका निर्णयहरूमा आधारित रहेको प्रष्टीकरण दिएको छ ।

असोज १ सम्म जडान नगरिए दण्ड जरिवाना गरिने भनी भ्रम फैलाइएको भन्दै तत्काल कुनै जरिवाना वा कारबाही नगरिने र आफूलाई अनुकूल भएको समयमा जडान गर्न सकिने पनि विभागले जनाएको छ ।

इम्बोस्ड नम्बर प्लेटका तथ्याङ्क विदेशीको हातमा जाने र राष्ट्रिय सुरक्षामा खतरा हुने भनिएको विषय हल्ला मात्रै भएको विभागको स्पष्टोक्ति दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार