आज मंगलबार सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार २ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार