उपसभामुखलाई अनाहकमा हटाउने कोसिस गलत : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको बताए ।

प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाति महिलालाई अनाहकमा हटाउने कोसिस गलत रहेको बताए । प्रचण्डले उपसभामुख रानामाथि यसअघि लगाइएको आरोपसमेत कपोलकल्पित रहेको जिकिर गरे ।

वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार