डिपलको एसयूभी एस०५ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा डिपल एसयूभी एस०५ ईभी गाडी सार्वजनिक भएको छ । बिक्रेता कम्पनी एमएडब्डू बृद्धि अटोकर्पले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै दुई भेरियन्टमा उक्त गाडी सार्वजनिक गरेको हो ।

सो कार्यक्रममा सहभागी भई गाडीको सार्वजनिक नेपालका लागि चीनका राजदूत छान सोङ र एमएडब्लूका अध्यक्ष विष्णु अग्रवालले गरेका हुन् ।

आधुनिक फिचर सुसज्जित यो गाडी उचित मूल्यमा लक्जरी ईभी चाहनेहरूका लागि निकै उपयुक्त छ । कम्पनीले डिपल एसयूभी एस०५ प्लस भेरियन्टको ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको ५४ लाख ९९ हजार रुपियाँ तोकेको छ ।

५६.१२ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेको डिपल एस०५ गाडीलाई एकपटकको फुल चार्जमा ४७० किलोमिटर कुदाउन मिल्छ । यो ब्याट्री १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

३२० एनएम टर्क उत्पादन यो गाडीमा ९९ किलोवाट क्षमताको मोटर छ । गाडीमा ‘रिमोट इन एन्ड आउट पार्किङ’ सुविधा दिइएको छ । जसले साँघुरा पार्किङ स्थानमा सहज अटाउने क्षमता प्रदान गर्छ । १९ वटा सुरक्षा प्रविधिसहितको यो गाडीमा दिइएको ‘एड्भान्स ड्राइभर असिस्ट्यान्स सिस्टम २.०’ ले ड्राइभिङलाई थप आरामदायी बनाउने कम्पनीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार