घट्यो सुनको मूल्य, बढ्यो चाँदीको

काठमाडौं । नेपाली बजारमा बुधबार (साउन २८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलाको १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एकलाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलाको २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुईहजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार