टिकटक बेच्न चीनलाई ट्रम्पको नयाँ प्रस्ताव

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्ट भिडियो एप टिकटक बिक्री गर्न चीनसामू एक प्रस्ताव राखेका छन्‌ । टिकटक गैरचिनियाँ क्रेतालाई बेच्ने समयसीमा बढाउन आफू तयार रहेको ट्रम्पले बताएका हुन्‌ ।

चिनियाँ एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाउने र चल्न नदिने बताएपछि दुई आर्थिक महाशक्तिबीच तनाव थपिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन एक कानून पारित गरेको थियो । तर, जनवरीमा ट्रम्प सत्तामा आएपछि उक्त कानून लागू गर्न हतारो देखाएका छैनन् ।

सो कानून सन्‌ २०२४ मा तयार गरिएको थियो । राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै चिनियाँ टिकटक एपमा प्रतिबन्ध लगाउन या बेच्न यो कानूनमा प्रस्ताव गरिएको छ ।

टिकटक एप बिक्री सुनिश्चित गर्न चीनमाथि लगाइएको करमा अमेरिकाले छुट दिनसक्ने ट्रम्पले बताएका हुन्‌ । टिकटकको मालिक चिनियाँ कम्पनी बाइटडान्स हो ।

ट्रम्पले गैर चिनियाँ खरिदकर्ता खोज्ने समयसीमा अप्रिल ५ सम्म लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन्‌ । उनले पत्रकारहरूलाई भनेका छन्‌, ‘टिकटकबारे चीनले नै आवश्यक भूमिका निभाउनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार