एनएमबि बैंकको नाफा ४६.२२% ले वृद्धि

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक सुधार गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ३ अर्ब २८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२२ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ११.१४ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानीमा पनि ३२.६८ प्रतिशतको सुधार आएको छ । बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ

बैंकको रिटेन्ड अर्निङको आकार १ अर्ब ९० करोड र रिजर्भको आकार १२ अर्ब ३२ करोड रुपैयाँबराबर रहेको छ । बैंकको निक्षेप २ खर्ब २३ अर्बबाट बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको कर्जा परिचालन पनि १ खर्ब ९४ अर्बबाट बढेर २ खर्ब २९ अर्ब पुगेको छ ।

बैंकले इम्पेयरमेन्ट चार्जका लागि ९८ करोड ८० लाख रुपैयाँ छुट्टाएको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा भने केही वृद्धि देखिएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.७२ प्रतिशत पुगेको छ ।

अघिल्लो आवमा ९ करोड ३८ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँले धनात्मक बनेको छ । बैंकको लाभांश क्षमता १०.४० प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार