सानिमा बैंकको वितरणयोग्य मुनाफा ९२.१३% ले वृद्धि 

काठममाण्डौ । सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ९२.१३ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार बैंकले वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा यस्तो रकम १ अर्ब ४४ करोड रुपैयाँमा सीमित थियो ।

यससँगै बैंकको लाभांश दिने क्षेमता समेत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १०.६६ प्रतिशत मात्रै लाभांश दिने अवस्थामा रहेको बैंकले समीक्षा अवधिसम्म भने २०.४७ प्रतिशत लाभांश दिन क्षमता बनाएको छ । यसरी बैंकको लाभांश क्षमता ९२.०२ प्रतिशतले बढेको छ ।

बैंकले यो अवधिसम्म २ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६.९६ प्रतिशतले बढी हो । बैंकले खुद ब्याज आम्दानी पनि २.८२ प्रतिशतले बढाएर ६ अर्ब ३५ करोड पुर्याएको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब १ करोड रुपैयाँबाट बढेर १ अर्ब १९ करोड पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । अघिल्लो आवमा १ अर्ब ४४ करोड रहेको रिटेन्ड अर्निङ बढेर २ अर्ब ७८ करोड र रिजर्भ ५ अर्ब ८९ करोडबाट बढेर ६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यस्तै निक्षेप संकलन १३.५६ प्रतिशतले बढेर २ खर्ब २३ करोड र कर्जा प्रवाह १०.६८ प्रतिशतले बढ्दै १ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा अनुपात भने १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार