मेष (Aries) ♈
आज तपाईँको लगानी बढ्न सक्छ । नयाँ ग्राहकसँग सम्झौता सफल हुनेछ । तर ठुलो रकम लगानी गर्नु अघि योजना स्पष्ट बनाउनुहोस् ।
वृष (Taurus) ♉
अचानक व्यवसायिक प्रतिस्पर्धा बढ्न सक्छ । पुराना सम्बन्धबाट सहयोग पाइनेछ । आर्थिक लेनदेनमा सतर्क रहनुहोस् ।
मिथुन (Gemini) ♊
आजको दिन व्यापार विस्तारका लागि अनुकूल छ । अनलाइन वा नयाँ प्रविधिको प्रयोग लाभदायी हुनेछ ।
कर्कट (Cancer) ♋
व्यापारमा नयाँ विचारहरू कार्यान्वयन गर्ने अवसर मिल्नेछ । तर सहकर्मी वा साझेदारसँग मतभेद हुनसक्छ ।
सिंह (Leo) ♌
आज तपाईंको बोलचाल र प्रस्तुतिका कारण नयाँ ग्राहक आकर्षित हुनेछन् । बजारको माग बुझेर अघि बढ्दा लाभ हुन्छ ।
कन्या (Virgo) ♍
पुरानो बक्यौता उठ्ने सम्भावना छ । तर खर्च पनि बढ्ने देखिन्छ । रणनीति पुनःसमिक्षा गर्नुपर्छ ।
तुला (Libra) ♎
विदेशी व्यापार वा निर्यात सम्बन्धी काममा प्रगति हुनेछ । कानुनी प्रक्रिया पूरा गर्न समय दिनुहोस् ।
वृश्चिक (Scorpio) ♏
अचानक व्यवसायिक साझेदारीको प्रस्ताव आउन सक्छ । निर्णय गर्न अघि विस्तृत अध्ययन गर्नु राम्रो ।
धनु (Sagittarius) ♐
आजको दिन प्रचार–प्रसारमा लगानी गर्न उपयुक्त छ । नयाँ ग्राहक भेटिने र बिक्री बढ्ने सम्भावना छ ।
मकर (Capricorn) ♑
व्यापारमा स्थिरता आउनेछ । तर दीर्घकालीन लगानीमा ढिलासुस्ती नगर्नुहोस् ।
कुम्भ (Aquarius) ♒
आर्थिक रुपमा बलियो बन्ने दिन हो । व्यवसाय विस्तारका लागि पारिवारिक वा साथीहरूको सहयोग पाइनेछ ।
मीन (Pisces) ♓
नयाँ परियोजना सुरु गर्न प्रेरणा मिल्नेछ । तर व्यावहारिक योजना बिना ठूलो जोखिम लिनु उपयुक्त छैन ।