काठमाडौं । कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेको देखिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले ४ अर्ब १५ करोड ४४ लाख रुपियाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब ८९ करोड ७४ लाख थियो ।
त्यसैगरी बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाखमा झरेको छ । अघिल्लो आवमा बैंकले १० अर्ब ५५ करोड २७ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चौथो त्रैमाससम्म बैंकको सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख रुपियाँमा सीमित भएको छ । तर, सञ्चालन नाफा भने ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख पुगेको हो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख रुपियाँ रहेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब १३ करोड ६० लाख थियो ।
नाफासँगै प्रतिसेयर आम्दानी १८.५६ रुपियाँबाट बढेर २७.६३ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४१.०४ रुपियाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ । त्यस्तै, खराब कर्जा ३.९१ बाट घटेर ३.२६ प्रतिशतमा झरेको छ ।
१९ अर्ब २८ करोड ७९ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९९ करोड २६ हजार रुपियाँ सञ्चित छ ।