सेजबाट पाँच वर्षको अवधिमा तीन अर्बको सामान निर्यात

काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजबाट साढे पाँच वर्षको अवधिमा तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको हो ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि आव २०८१/८२ को फागुनसम्म तीन अर्ब चार करोड रुपियाँ बराबरको सामान विदेश निर्यात भएको हो । सो अवधिमा एक अर्ब ६६ करोड रुपियाँ बराबरको सामान आन्तरिक बजारमा खपत भएको छ । यस्तै सिमरा सेजमा चार वटा उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगबाट उत्पादित सामान भारत निर्यात हुन थालेको प्राधिरणले जनाएको छ ।

सरकारले निर्यातमूलक उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्य सहित सेज स्थापना गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार