विदेशबाट आयातित सबै गाडीमा २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयातित सबै गाडीमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसले केही हप्ताअघि लागू गरिएको अन्य शुल्कहरू पछि उत्पन्न भएको बजार अस्थिरतालाई थप उग्र बनाउँदै विश्वव्यापी व्यापार युद्धलाई अझ जटिल बनाएको छ । ट्रम्पले भनेका छन, “हाम्रो गाडी निर्माण उद्योग पहिलेभन्दा अझ राम्रो प्रगति गर्नेछ ।”

अमेरिकामा करिब १० लाखभन्दा बढी कामदार रोजगारीमा संलग्न अटो उद्योगलाई लक्षित गरिएको यस कदमले उपभोक्ताहरूका लागि गाडीको मूल्य महँगो बनाउने जोखिम रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।

यसअघि मेक्सिको र क्यानडाबाट हुने गाडी आयातमा पनि ट्रम्पले २५ प्रतिशत शुल्क लगाएका थिए तर केही समयपछि त्यसमा ढिलाइ गरेका थिए । बुधबार दिउँसो ह्वाइट हाउसकी प्रेस ९छापा० सचिव क्यारोलिन लेभिटले नयाँ वाहन शुल्कबारे जानकारी दिएपछि एकाएक शेयर बजार घट्न थालेको छ ।

डाउ औसत १३० अंक(०.३%) ,एस एण्ड पि १.१% तथा नासडाकको शेयर (अंश)२% गिरावट आएको छ । त्यस्तै टेस्लाका शेयरहरू ५.५% ले घटेको छ भने जेनेरल मोटर्सको पनि ३% ले शेयर घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार