उत्तराखण्ड पहिरो : कम्तीमा १७ नेपाली बेपत्ता

काठमाडौं– भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो । थप ३ जना घाइते भएको समेत पुष्टि भएको छ । प्रजिअ पौडेलका अनुसार यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको उनको भनाइ छ ।

उता, जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार