यही वर्ष ‘फाइभजी’ जडान हुन्छ: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही वर्षभित्र ‘फाइभजी’ जडान हुने बताएका छन् ।

शनिबार कान्तिपुर सिटी कलेज (केसीसी)द्वारा आयोजित ‘केसीसी एक्जिबिट– २०२५’को उद्घाटन गर्दै उनले यो दशक फाइभजी र एआईको भएको हुँदा सरकार तीव्र गतिमा काम गरिहेको जानकारी दिए ।

मन्त्री गुरुङले अब एक वर्ष राम्रोसँग काम गर्न सकिए नेपाललाई प्रविधिमैत्री बनाइने र सरकार मातहत रहेका सानो डेटा सेन्टरलाई ठूलो आकारमा वृद्धि गरिने समेत जानकारी दिए । हाल एउटा पनि आइटी पार्क छैन ।

‘सरकार प्रविधियुक्त नेपाल विकासका लागि काम गरिरहेको छ’, उनले भने ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सचिव डा. रवीन्द्रप्रसाद ढकालले इन्डस्ट्री र एकेडेमीलाई जोडेर अघि बढेमात्रै यो देशको मुहार फेर्न सकिने बताए । उनले आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरुलाई नाष्टले स्वागत गर्ने भन्दै अनुसन्धान र आविष्कारका लागि पैसा र स्थान उपलब्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार