काठमाडौं । पारिवारिक कारण देखाउँदै एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन् ।
आफ्नो बच्चा तथा श्रीमती दुवईमा रहेकाले आउन जान कठिनाई भएको बताउँदै उनले राजीनामा दिएको एनसेल स्रोतको भनाई छ । कायुमोभ सीईओ भएको करिव साढे दुई बर्ष भइसकेको थियो । कार्यकाल सकिन करिव छ महिना बाँकी हुँदा उनले राजीनामा दिएका हुन् ।
राजीनामाको खास कारण भने एनसेल स्रोतले खुलाउन चाहेन । कायुमोभले राजीनामा दिएपछि कम्पनीको सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ ।