काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका छन् । बिहीबार काठमाडौंमै बोलाएर लामालाई राजीनामा दिन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री लामाले राजीनामा दिएपछि प्रदेशमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त हुने सभापति देउवाको भनाइ थियो । साथै उनले पार्टीभित्रको विवादलाई धेरै नलम्ब्याउन पनि निर्देशन दिएका छन् ।
उनका अनुसार छलफलका क्रममा मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जान सभापति देउवाको सुझाव रहेको थियो । सभापति देउवाको निर्देशन पछि मुख्यमन्त्री लामाले आफ्नो टिमसँगको छलफलपछि मात्रै राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताएका थिए ।