बढ्यो सुन र चाँदीको मूल्य 

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको हो।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार