काठमाडौं । नेपालमा पछिल्लो समय निकै चर्चामा रहेको हिरो एक्सपल्स २०० फोर भी र ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स मोटरसाइकल हुन् । यी दुवै मोटरसाइकल पछिल्लो समय निकै चर्चा पाउने मोटरसाइकलको टप लिस्टमा पर्छन् ।
भारतीय बजारमा यी दुवै मोटरसाइकलको नयाँ भर्सन सार्वजिनक हुने तयारी भइरहेको छ । भारतमा हिरो मोटोकर्पले एक्सपल्स २१० को बुकिङ खुला गरिसकेको छ । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स टी ४ मे २०२५ मा सार्वजनिक गर्ने जनाइएको छ ।
नेपालमा पनि यी दुवै मोटरसाइकल बहुप्रतिक्षित मोटरसाइकल हुन् । ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स टी(४ कम मूल्यमा आउने मोटरसाइकल हो । एक्सपल्स २१० भने नयाँ डिजाइनका साथ आउने छ ।
पावर क्षमाताका आधारमा धेरै अन्तर रहने यी दुई मोटरसाइकल मूल्यमा भने लगभग समान जस्तै हुने अनुमान गरिएको छ । अहिले नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्सको मूल्य ७ लाख रुपैयाँ छ । नयाँ आउने टी(४ मोडल ६ लाख २५ हजारदेखि ६ लाख ५० हजार हाराहारी मूल्य रहने अनुमान गर्न सकिन्छ ।
त्यस्तै एक्सपल्स २०० प्रोको मूल्य अहिले नेपाली बजारमा ५ लाख रुपैयाँ रहेको छ । २१० सीसी इन्जिन क्षमातामा आउने एक्सपल्स २१० को मूल्य ६ लाखभन्दा कम हुने अनुमान गर्न सकिन्छ । मेरोअटो