काठमाडौं । सरकारले यहीँ मंगलबार १० अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । यसअघिनै जारी भएका २८ दिने र १८२ दिने गरी दुई किसिमको ट्रेजरी नवीकरणमार्फत सरकारले कूल १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने भएको हो ।
आइतबार एक सूचना जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी नवीकरणका लागि आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार विहान १० बजेदेखि ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरीको नवीकरण भने साउन १३ गते मंगलबार हुनेछ ।