काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट जिल्ला समन्वय समिति सदस्य तथा गाउँ र नगरका वडाध्यक्षले पार्टीलाई बुझाउनु पर्ने लेबी घटाएको छ ।आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमावली २०७६ (परिच्छेद ७) को नियम २३ (५) मा संशोधन गर्दै लेबी घटाएको हो ।
अहिलेसम्म उनीहरूले आफूहरूले पाउनुपर्ने पारिश्रमिकको १० प्रतिशत लेबी पार्टीलाई बुझाउनुपर्थ्यो । अब उनीहरूले पारिश्रमिकको ५ प्रतिशत मात्रै बुझाए हुने व्यवस्था गरिएको हो ।
त्यस्तै गाउँरनगर वडा सदस्य र कार्यपालिका सदस्यले बुझाउनु पर्ने पारिश्रमिकको लेबी पनि घटाउने निर्णय बैठकले गरेको छ । अहिलेसम्म उनीहरूले प्राप्त गर्ने मासिक पारिश्रमिकको पाँच प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाउँदै आइएकोमा अब दुई प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाए पुग्ने निर्णय गरिएको हो । कांग्रेसले २०७९ असारदेखि यस्तो व्यवस्था नियमावलीमा गरेको थियो ।