आज यहाँहरुको दिन उत्तम रहोस् ! हेर्नुहोस् आफ्नो आर्थिक राशिफल

♈ मेष (Aries):

आज व्यापारमा नयाँ योजना ल्याउन सकिने दिन हो। साझेदारीमा सफलता मिल्ने सम्भावना छ। आर्थिक लाभको अवसर पर्खिरहेको छ।

 

♉ वृष (Taurus):

लगानी गर्दा सजग हुनुपर्छ। ऋण वा उधारो कारोबारमा अलिकति दबाव आउन सक्छ। पुरानो सम्पर्कले सहयोग पुर्‍याउन सक्छ।

 

♊ मिथुन (Gemini):

व्यापारिक यात्राबाट लाभ मिल्नेछ। नयाँ ग्राहक वा सम्झौताबाट आत्मविश्वास बढ्नेछ। दिन राम्रो रहने संकेत।

 

♋ कर्कट (Cancer):

पुरानो घाटा भरपाई गर्ने मौका छ। काममा सुधार ल्याउने समय हो। व्यवसायमा विश्वासिलो व्यक्तिसँग सहकार्य गर्नु उचित हुन्छ।

 

♌ सिंह (Leo):

पारिवारिक समर्थनले व्यवसायमा ऊर्जा मिल्नेछ। नयाँ योजना सुरु गर्न उपयुक्त समय हो। अनावश्यक खर्चबाट बच्नुस्।

 

♍ कन्या (Virgo):

कारोबारमा स्थायित्व देखिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। लगानीको राम्रो अवसर मिल्न सक्छ।

 

♎ तुला (Libra):

नयाँ साझेदार वा कर्मचारीसँग केही असमझदारी हुन सक्छ। तर, ठूला निर्णयहरू स्थगित गर्नु उपयुक्त हुनेछ।

 

♏ वृश्चिक (Scorpio):

ब्यापारिक क्षेत्रमा विस्तार सम्भव छ। नयाँ प्रविधिको प्रयोग गर्न प्रेरणा मिल्नेछ। ठूला ग्राहकसँग सम्झौता हुनसक्छ।

 

♐ धनु (Sagittarius):

नयाँ योजनाको सुरुवात आज नगर्नु बेस हुन्छ। कानुनी वा कागजी प्रक्रियामा ढिलासुस्ती देखिन सक्छ।

 

♑ मकर (Capricorn):

व्यवसायमा लाभको संकेत देखिन्छ। सरकारी काममा सफलता मिल्न सक्छ। लगानी गर्न सकिने राम्रो समय हो।

 

♒ कुम्भ (Aquarius):

तत्काल लाभको अपेक्षा नगर्नुहोस। तर, दीर्घकालीन योजनामा आज गरिएको प्रयास सफल हुनेछ।

 

♓ मीन (Pisces):

आर्थिक लाभका अवसरहरू छन्। ऋण तिर्न सक्ने अवस्था आउन सक्छ। साथी वा नजिकका व्यक्तिबाट सहयोग पाउनुहुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार