मिडिया हाउसको नाममा नक्कली नोट र लागूऔषधको कारोबार गर्ने गिरोह पक्राउ

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मिडिया हाउसको नाममा नक्कली नोट र लागूऔषधको कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले १३ लाख बराबरको नक्कली नोट र अफिम जस्तो देखिने ३० केजी ६७२ ग्राम लागूऔषध र नक्कली नोट छाप्न प्रयोग भएका विभिन्न उपकरण सहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुधीरराज शाहीले नक्कली नोट र आगूऔषधको कारोबार गर्ने यो गिरोहलाई गोप्य सूचनाको आधारमा पक्राउ गर्न सफल भएको बताए । यो कारोबारमा यही ग्रुप मात्र हो कि अरुको पनि संलग्नता छ ? गहिरो अनुसन्धान भइरहेको भन्दै प्रमुख शााहीले थप विवरण अनुसन्धान पछि मात्र भन्न मिल्ने बताए ।

नक्कली नोट तथा लागूऔषधको कारोबार गर्ने मुख्य व्यक्ति जनगर्जन नेटवर्क प्रा.लि.नामक मिडियाका संचालक, कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. ४ स्थायी घर भएका ३४ वर्षीया मानबहादुर सहकारी रहेको प्रहरीले जनाएको छ । उक्त कारोबारमा संलग्न अन्य व्यक्तिहरुमा जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोहि गाउँपालिका खुर्पा बस्ने ३३ वर्षीया राम बहादुर सिंह, जाजरकोट कुशे गाउँपालिका –७ समकोट गमौडी घर भई हाल सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १२ ठकुरी टोलमा डेरा गरी बस्ने ३५ वर्षीया कृष्ण बहादुर वली र प्रेम बहादुर बि।क।रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार