सिद्धार्थ बैंकको ऋणपत्रको बिक्री आवेदन आजबाट बन्द हुँदै

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार २९ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिदैछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

१० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार