काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र एनसीएचएल बीच (नेपाल पे कार्ड ) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनसीएचएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई, विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ ।
गुहेश्वरी मर्चेन्टले देशभरी रहेका २३ वटा शाखा, ४ वटा विस्तारित काउन्टर तथा एटीएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।