राप्रपाको असन्तुष्ट पक्ष निर्वाचन आयोगमा, नवराज सुवेदीले दिए उजुरी

सुवेदीकाे स्थानमा रोशन कार्की अनुशासन समितिको अध्यक्ष

काठमाडाैँ ।  राप्रपाको अनुशासन समितिबाट हटाइएका नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।अध्यक्ष राजेन्द्र लिङ्देनले नेता सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट हटाएपछि असन्तुष्ट नेताहरु निर्वाचन आयोगमा पुगेका हुन्।

सुवेदीलाई साथ दिँदै राप्रपा महामन्त्री डा. धवलशमशेर राणा, वरिष्ठ नेता प्रकाशचन्द लोहनीलगायतका नेताहरू पनि आयोग पुगेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष बनाइएको छ ।

आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध सुवेदी आयोगमा उजुरी दिएका हुन् । सुवेदीले राजसंस्था पुनर्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिएलगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार