विश्वकपको युरोपेली छनोटमा नर्वेको शानदार जित

काठमाडौं – युरोपेली राष्ट्रको विश्वकप छनोट खेलमा नर्वेले माल्डोभालाई ५-० ले हराएको छ। समूह ‘आई’को सो खेलमा नर्वेले पहिलो हाफमा नै चार गोल गरेको थियो।

त्यसैगरी नर्थ मेसोडानियाले लिचेस्टाइन माथि सहज जित हात पारेको छ भने अर्को खेलमा इजरायलले इस्टोनियालाई २-१ ले हराएको छ।

समूह ‘जे’को शनिबार राति नै भएको खेलमा उत्तरी मेसोडानियाले लिचेस्टाइनलाई ३-० ले हरायो। वेल्सले काजकिस्तानसँगको खेलमा ३-१ को सफलता पाएको छ।

समूह ‘एल’को खेलमा मोन्टेनेग्रोले जिबाल्टरलाई ३-१ ले हरायो। यसैगरी, चेक गणतन्त्रले फारो आइजल्यान्डसँगको खेलमा २-१ को सफलता पाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार