काठमाडौं– नेकपा एमालेको सदस्यता नवीकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट आफू पार्टी अध्यक्ष बन्ने दाबी गरेकी छिन् । पार्टीको सर्वोच्च नेतृत्व अध्यक्ष पद सर्वसम्मत चुनिनु पर्ने र आफूलाई केपी शर्मा ओलीले साथ दिने विश्वाससमेत भण्डारीले व्यक्ति गरेकी छिन् ।
इमेज च्यानल टेलिभिजनका लागि जगदीश खरेलसँगको अन्तरवार्तामा भण्डारीले एमाले अध्यक्षको अनौपचारिक दाबी गरेकी हुन् । साथै उनले ‘भावी प्रधानमन्त्री’का रुपमा पनि आफू खुला रहेको जनाऊ दिएकी छिन् ।
अन्तरवार्ताका क्रममा पत्रकार खरेलले सोधेको ‘तपाई अब एमालेको अध्यक्ष बन्ने हो ?’ भन्ने प्रश्नमा भण्डारीको जवाफ छ, ‘तपाईको बुझाइमा सत्यता छ तर पार्टीको ११ औं महाधिवेशन तोकिएको छैन । त्यसैले म अहिले नै कुन पदमा, के भनेर नभनौं ।