काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट ३० अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो । राष्ट्र बैंकले ६३ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेका हो । राष्ट्र बैंकले ६३ दिनका लागि निक्षेप राख्ने गरि राष्ट्र बैंकले सूचना जारी गरेको हो ।
यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहु बोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ । अहिले बैंकहरुमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले ३० अर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
६३ दिन अर्थात् आगामी भदौ १५ गते बैङ्कहरूलाई सावाँ र व्याज भुक्तानी गरिनेछ ।