🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा आफ्नो विचार प्रभावशाली ढंगले प्रस्तुत गर्न कठिनाइ हुन सक्छ। नयाँ काम सुरु गर्नुभन्दा पहिले चलिरहेको कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। आश्वासन दिनेहरूले भ्रममा पार्न सक्छन्, त्यसैले सतर्क रहनुहोस्।
🔵 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। मित्रहरूको सहयोग प्राप्त हुनेछ, तर अरूलाई सल्लाह दिनदेखि बच्नुहोस्।
🟢 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा विरोधीहरूले तपाईंको कार्यमा प्रश्न उठाउनेछन्। सफलताको लागि समयअनुकूल चल्ने प्रयास गर्नुहोस्। स्वास्थ्यमा खानपानको विशेष ध्यान दिनुहोस्।
⚪ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्वपूर्ण कार्यहरूमा सफलता प्राप्त हुनेछ। मेहनतको उचित मूल्यांकन हुनेछ। हिम्मतले कठिन कार्यहरू पनि सजिलै सम्पन्न गर्न सकिनेछ। शिक्षाको क्षेत्रमा राम्रो सफलता मिल्नेछ।
🟠 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कार्यक्षेत्रमा सकारात्मक ऊर्जा अनुभव हुनेछ। नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्नेछ। घरेलु कामहरूमा सावधानी अपनाउनुहोस्।
🔵 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। अध्ययनमा मन लाग्नेछ। व्यापारिक यात्राहरू लाभदायक रहनेछन्। शुभचिन्तकहरूको सल्लाहलाई बेवास्ता नगर्नुहोस्।
🟡 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकारी वर्गबाट प्रशंसा प्राप्त हुनेछ। नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। आर्थिक कारोबारमा नयाँ प्रस्तावहरूले लाभ मिल्नेछ।
🟠 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरपरिवारमा रमाइलो समय बित्नेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आर्थिक पक्ष सुदृढ रहनेछ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउने प्रयास गर्नुहोस्।
🟢 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू प्राप्त हुनेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोस्। स्वास्थ्यमा खानपानको विशेष ध्यान दिनुहोस्।
🔵 मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सामाजिक दायित्वहरू पूरा गर्नुपर्ला। धार्मिक आस्थामा रुचि बढ्नेछ। युवावर्गलाई करियर सम्बन्धी शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ।
🟤 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विवादास्पद मामिलाहरू सुल्झिन सक्छन्। घरपरिवारमा अपेक्षित साथ र सहयोग नपाइने सम्भावना छ। नोकरीमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूले लाभ मिल्नेछ।
⚪ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आँटेको कार्य समयमा सम्पन्न गर्न सकिनेछ। घरपरिवारमा सानाको साथ र सहयोग प्राप्त हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ।