अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु

काठमाडौं । अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो ।

यस अनुसार अब प्रत्येक दिन दिनको २ः४५ देखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने व्यवस्था गरेको हो । उक्त अवधिमा कुनै कारोबार नभएको अवस्थामा भने पछिल्लो कारोबारलाई नै अन्तिम मूल्य मान्ने नेप्सेले जनाएको छ ।

अहिलेसम्म ३ बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ मानिदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार