नबिल बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न असार १२ गते अनुमति दिएको हो । ८ वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर भने ७ प्रतिशत हुनेछ ।

अनुमतिअनुसार बैंकले प्रतिकित्ता १ हजार रुपियाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्कासन गर्नेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकनेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार