काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३०० रुपियाँले बढेको हो ।
बढेको बजारमा प्रतितोला १ लाख ९२ हजार ३०० रुपियाँमा कारोबार भइहेको छ । हिजो भने १ लाख ९२ हजार रुपियाँ थियो ।
त्यस्तै चाँदी पनि बढेको छ । प्रतितोला ३५ रुपियाँले बढेर २ हजार १७५ रुपियाँमा कारोबार भइरहेको छ ।