देशकै ठूलो महानगरपालिका काठमाडौंले समयमै बजेट ल्याउन असफल

काठमाडौं । देशकै ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले समयमा बजेट ल्याउन यस पटक असफल भएको छ । स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था भए पनि काठमाडौं महानगरपालिकाे समयमै बजेट ल्याउन असफल भएर्काे हाे । प्रधानमन्त्री केपी ओली र शहरी विकासमन्त्री प्रकाशमान सिंहको तीब्र हस्तक्षेपका कारण लामो समयदेखि अस्थिर रहँदै आएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बजेट ल्याउन नसकेका हुन् ।

देशभरका अरु पाँच महानगरपालिकाले भने मंगलबार बजेट सार्वजनिक गरेका छन् । बजेट ल्याउने कुरामा ओली र सिंहले जबरजस्ती र बलपूर्वक कार्यकक्षमा छिराउन लगाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ पनि बाधक भएका छन् । भ्रष्टाचारको गम्भीर आरोप लागेका गुरागाइँलाई हटाएर अर्को मानिस ल्याउनुपर्ने अडान बालेनको छ । तर प्रधानमन्त्री ओली र सिंहले सो कुरालाई अटेर गर्दै गुरागाइँलाई नै कायम राख्दै आएका छन् ।

प्रधानमन्त्री ओली र शहरी विकासमन्त्री सिंहले काठमाडौंकी उपमेयर सुनिता डंगोलसहित आफ्नो पार्टीका वडाध्यक्ष र सदस्यहरुलाई बालेनविरुद्ध उत्रिन प्रेरित गर्दै आएको देखिन्छ । सोही सिलसिलामा प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई पनि कार्यकर्ताको हुल जम्मा गरेर धकेल्दै कार्यकक्षको ढोका फोडेर कुर्सीमा बसाउने काम गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत काठमाडौं महानगरपालिकामा बजेट निर्धारण समितिको सदस्य सचिव हुन्छ । तर बालेन भ्रष्टाचारको आरोप लागेका र आफूले कारवाही गरका व्यक्तिसँग बसेर काम गर्ने पक्षमा छैनन् । त्यसअघि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार