इजरायली आक्रमणमा इरानका ११ परमाणु वैज्ञानिक मारिए

काठमाडौं– इरान–इजरायल युद्ध जारी छ । ९ दिनदेखि दुई देशबीच युद्ध जारी छ । यसअवधिमा दुवै देशले एक अर्कामाथि मिसाइलहरु प्रहार गरिरहेका छन् । आजसम्मको अवस्था हेर्दा इजरायली आक्रमणमा परी इरानका ११ जना परमाणु वैज्ञानिक मारिएका छन् । इरानभन्दा भौगोलिक रुपमा निकै सानो इजरायलले नवौं दिनसम्म आइपुग्दा इरानमाथि धेरै आक्रमण गरेको छ ।

दुवै देशमध्ये धेरै जनधनको क्षति इरानमा भएको छ । मिडिया रिपोर्टस अनुसार इरानमा हालसम्म ६ समय भन्दा बढीको मृत्यु भएको छ । जसमा धेरै जसो सैन्य अधिकारीहरु रहेका छन् । त्यो पनि मुख्य भूमिकामा रहेकाहरु छन् । यस्तै मुख्य परमाणु वैज्ञानिकहरु पनि मारिएका छन् ।

यता इरानी आक्रमणमा परी अहिलेसम्म इजरायलमा ४० जनाको मृत्यु भएको बताइएको छ । दुवै देशले एक अर्काविरुद्ध सम्झौता नगर्ने बताएका छन् ।

इजरायली आक्रमणमा मारिएका वैज्ञानिकहरु

१. डा. फरीदून अब्बासी–दवानी

जिम्मेवारी : इरानको परमाणु ऊर्जा संस्था (एईओआई)का पूर्व प्रमु्ख, नतान्ज केन्द्रका सिनियर साइन्टिस्ट

ब्यागग्राउन्ड : परमाणु भौतिक शास्त्रमा विद्यावारिधि । १९६९ मा आईआरजीसीमा सहभागी

२. डा. मोहम्मद मेहदी ताहराँची

जिम्मेवारी : परमाणु भौतिक वैज्ञानिक र इस्लामिक आजाद युनिभर्सिटी (इरानको सबैभन्दा ठूलो निजी विश्वविद्यालय) का अध्यक्ष

ब्यागग्राउन्ड: परमाणु कार्यक्रमसँग सम्बन्धित परियोजनाको रेखदेख गर्थे

३. अब्दुल हमीद मिनुचेहर

जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङ विभागका डीन

ब्यागग्राउन्ड : न्युक्लियर प्लान्टको कार्यक्षमता र सुरक्षामा काम गर्थे

४. अहमदज रजा जोलफ गारी

जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङका प्रोफेसर

ब्यागग्राउन्ड : रिएक्टर डिजाइन र सुरक्षा सम्बन्धित अनुसन्धानकर्ता

५. अमीर हुसैन फगीही

जिम्मेवारी : एईओआईका पूर्व उपाध्यक्ष, परमाणु विज्ञान एवं प्रोधिगिकी संस्थानका प्रमुख

ब्यागग्राउन्ड : परमाणु विज्ञानको कार्यक्रमको नेतृत्व गरेका थिए

६. मोत्तालेबजादेह [पूरै पहिचान अज्ञात]

जिम्मेवारी : एक अज्ञात परमाणु वैज्ञानिक

ब्यागग्राउन्ड : उनको पहिचान अस्पष्ट छ । उनको मृत्युबारे इरानी रिपोर्टमा मात्र उल्लेख

७. अली बखूई कातिरीमी

जिम्मेवारी : इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित मेकानिक्स एक्सपर्ट

ब्यागग्राउन्ड : सेन्ट्रीफ्यूज मेसिनको प्राविधिक सञ्चालनमा महत्त्वपूर्ण भूमिकामा कार्यरत थिए

८. सईद बर्जी

जिम्मेवारी : पदार्थ इन्जिनियरिङ र फिजिक्स एक्सपर्ट

ब्यागग्राउन्ड : बर्जी परमाणु संयन्त्रमा प्रयोग हुने विशेष पदार्थको चेकजाँचमा कार्यरत थिए

९. मन्सुर असगरी

जिम्मेवारी : रिएक्टर फिजिक्सका एक्सपर्ट

ब्यागग्राउन्ड : परमाणु रिएक्टरको सञ्चालन, सुरक्षा र प्लुटोनियम उत्पादनसँग सम्बन्धित प्रविधिमा योगदान दिँदै आएका थिए

१०. मोहम्मद काजमी

जिम्मेवारी : आरजीसीको खुफिया संगठनका प्रमुख । देशको सुरक्षा तय गर्नु । इस्लामी नियम पालना गराउने

ब्यागग्राउन्ड : २०२२ मा महसा अमीनीको हत्यापछि विरोधीहरुलाई कडाइका साथ कारबाही गर्थे

११. इसार तबातबाई–कम्शेह

जिम्मेवारी : अहिलेसम्म स्पष्ट भइसकेको छैन

ब्यागग्राउन्ड : इरानी मिडियाले उनको नाम मात्र उल्लेख गरेका छन् । परमाणु कार्यक्रमसँग सम्बन्धित भए/नभएको अष्पस्ट ।

जर्मन साइकलिस्ट पक्राउ

इरानले पहिलोपटक जर्मन साइकलिस्टलाई जासूसीको आरोपमा हिरासतमा लिएको स्वीकारेको छ । आरोपीको पहिचान मारेक कफम्यानका रुपमा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार