२०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्छः विश्व बैंक

काठमाडौं । सन् २०२५ मा विभिन्न खाद्य बस्तुहरुको मूल्य १० प्रतिशत सम्मले घट्नसक्ने विश्व बैंकले दावी गरेको छ ।

विश्व बैंकले यसैसाता सार्वजनिक गरेको ग्लोबल ‘इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदनले बढ्दो व्यापार अवरोध र नीतिगत अनिश्चितताका बीचमा कमजोर आर्थिक वृद्धिका सम्भावनाहरूका कारणले गर्दा बस्तुको मूल्य घट्ने उल्लेख गरेको छ ।

‘वार्षिक औसत वस्तुका मूल्यहरू २०२५ मा १० प्रतिशतले घट्ने अपेक्षा गरिएको छ । २०२६ मा वस्तुको मूल्यहरू अझ ६ प्रतिशतले कम हुने अनुमान गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

अबका दिनमा केही ऊर्जा र धातुगत वस्तुहरूको उत्पादन विस्तार हुने र अधिकांश कृषि वस्तुहरूमा आपूर्ति अवरोधहरू कम हुनसक्ने भएकाले यस्तो सम्भावना देखिएको विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार