विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाए

काठमाडौँ । विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा देखिएका छन् । घाटा ब्यहोर्ने बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् ।

उक्त ५ बैंकहरुले मात्रै सो अवधिसम्म १ अर्ब ७८ लाख रुपैयाँ घाटा ब्यहोरेका कारण विकास बैंकहरुको समग्र नाफामा संकुचन देखिएको हो ।

१० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाई सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनन्न सफल भएको छ । तर बैंकको यो नाफा गत आवको तुलनामा भने ११।८७ प्रतिशत कम हो ।

त्यस्तै, गरिमा विकास बैंकले ८६ करोड ९३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ५४ लाख, कामना सेवा विकास बैंकले ५७ करोड ७५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४९ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकले ४६ करोड ३२ लाख, ज्योति विकास बैंकले ३६ करोड १४ लाख, लुम्बिनी विकास बैंकले ११ करोड ९२ लाख, मितेरी डेभलपमेन्ट बैंकले १० करोड १३ लाख, सिन्धु विकासले ७ करोड ३४ लाख, ग्रीन डेभलपमेन्ट बैंकलेल २ करोड ३२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

सो अवधिसम्म सबैभन्दा बढी घाटा ब्यहोर्ने बैंकमा भने कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिसम्म ८४ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेरको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार