मेयर बालेनविरुद्ध युवराज सफलले हाले अख्तियारमा उजुरी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अख्तियारमा उजुरी परेको छ । मेयर शाहविरुद्ध कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित युवराज पौडेल ‘सफल’ले अख्तियारमा आज उजुरी दिएका हुन् ।

युवराज सफलले अपारदर्शी ढंगले लिफ्ट जडान गरिएको दाबीसहित उजुरी दिएका छन्। सफलले नयाँ लिफ्ट जडान गरेकोप्रति विरोध नभई लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११ बोलपत्रसम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत बिनाप्रतिस्पर्धा विना टेन्डर र बिना कोटेसन, अपारदर्शी, अनियमित तरिकाले जोडिएकोप्रति आपत्ति रहेको उजुरीमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार