भिजिट भिसा प्रकरणमा रास्वपाको ५ बुँदे प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर सदन खोल्न ५ बुँदे प्रस्ताव अघि सारेको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएको रास्वपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रत्यक्ष संवैधानिक क्षेत्राधिकारमाथि अतिक्रमण नगरी विगत केही वर्षहरूमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रस्ताव राखेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार