काठमाडौं । नेपाल बैंक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीलेबिरुद्ध ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी घुस लिएको आरोपमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँ आबुँखेरेनी–१ मा रहेको अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी रू। ५० लाख घुस रिसवत लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दोषी देखिएपछि अधिकारी बिरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।
तनहु आबुखेरेनी–१ मा संचालनमा रहेको अकला देबी ट्रेडर्शलाई बैङ्कमा धितो राखी रू। २५,००,००,०००।– ९पच्चीस करोड० सम्म रकम ऋण बापत निकाल्ने योजनाका साथ दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया र नारायण प्रसाद बरालले नेपाल बैंक लिमिटेड प्रधान कार्यालय न्युरोड, शाखा कार्यालय कालिमाटी र शाखा कार्यालय डुम्रे तनहुँमा समेत ऋण प्रयोजनको लागि प्रक्रिया अगाडि बढाउँदा तत्काल माग बमोजिमको ऋण रकम उपलब्ध नभए पश्चात निज दान बहादुर कार्की, सुन्दर बहादुर बाँनिया र नारायण प्रसाद बराल र सन्तोष सुवेदी मार्फत नेपाल बैक लिमिटेडका संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारीसम्म पुगेको देखिएको आयोगको ठहर छ ।