ट्रम्प-मस्क विवाद : टेस्लाले एकै दिनमा गुमायो १५० अर्ब डलर

टेस्ला विश्वका १० ठूला कम्पनीको सूचीबाट समेत बाहिरियाे

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका धनाढ्य पूर्वसहकर्मी इलन मस्कले व्यक्तिगत तहमै उत्रेर एक-अर्काविरुद्ध गालीगलौज सुरु गरेपछि अमेरिकी र अन्य सेयर बजारले त्यसको कम्पन महसुस गरेका छन् ।

टेस्लाको सेयर मूल्य बिहीबार एकैदिन १४।३ प्रतिशतले घटेपछि कम्पनीको बजार मूल्यमा १५० अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट आएको छ । यसले गर्दा टेस्ला विश्वका १० ठूला कम्पनीको सूचीबाट समेत बाहिरिएको छ । यस घटनाले मस्कको व्यक्तिगत सम्पत्तिमा पनि ठूलो असर परेको छ । उनले एकैदिन झन्डै ३४ अर्ब डलर गुमाएका छन् ।

सेयर बजारको यो गिरावट मस्कले ट्रम्प प्रशासनद्वारा प्रस्तावित बजेटसम्बन्धी विधेयकलाई ुघिनलाग्दो र अक्षम्यु भन्दै सामाजिक सञ्जाल एक्समा कडा आलोचना गरेपछि आएको हो । यो विधेयकले ठूलो परिमाणमा कर कटौती र नियामकीय लचकता ल्याउने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार