राइड सेयरियङ नियमावली १ महिनाका लागि स्थगित

काठमाडौं । राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । राइड सेयरिङ सम्बन्धित सवारी सेवालाई व्यवस्थित गर्न गण्डकी प्रदेशले जारी गरेको नियमावली तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री कार्यालयले ठाडो निर्देशन दिएसँगै प्रदेश सरकारले उक्त निर्णय गरेको हो ।

मंगलबार प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेश सरकारलाई एक पत्र लेख्दै उक्त नियमावली कार्यान्वयन तत्काल अघि नबढाउन आग्रह गरेको थियो ।

यता राइड सेयरिङको विषयलाई लिएर देशव्यापी आन्दोलनमा होमिएका सार्वजनिक यातायात व्यवसायीहरुले माग पूरा नभए भोलि बुधबारदेखि थप आन्दोलनलाई शसक्त बनाउने चेतावनी दिएका थिए । गण्डकी सरकारको यो निर्णयसँगै यातायात व्यवसायीको आन्दोलन स्थगत हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार