ऊर्जामन्त्री खड्का भन्छन् – ‘उज्यालोको नायक कुलमान होइन, भारत हो’ 

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब घरमै लोडसेडिङ हुने अवस्था आएको बताएका छन् । भारतबाट झन्डै ८०० मेगावाट विद्युत् आयात भइरहेको बताउँदै उनले स्वदेशी उत्पादन एकहजार मेगावाटको हाराहारीमा रहेको बताए ।

बुधबार राष्ट्रियसभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले नेपाल विद्युत् प्राधिकरणले सही ढंगले काम गर्न नसकेको आरोप लगाए । लोडसेडिङको अन्त्य भनिए पनि उद्योगमा हालसम्म लोडसेडिङ नहटेको उनको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोको नायक बनाएको भन्दै उनले असन्तुष्टि जनाए । “उज्यालोको नायक भनेको उहाँ (कुलमान घिसिङ) होइन है,” उनले भने, “बरु यो धन्यवाद भारत सरकारलाई दिऊँ । निजी क्षेत्रलाई दिऊँ, जसले उत्पादन गरेको छ । जसले परिपूर्ति गरिदिएको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार