नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूका लागि महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो ७६ औँ वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार, सेयरधनीहरूले आज (चैत ६ गते) सम्मको कारोबारका आधारमा साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत ७ गते बुकक्लोज गर्ने घोषणा गरेको छ। यसर्थ, सेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन चाहने भएमा आजभित्रै सेयर खरिद गरी आफ्नो नाम कम्पनीको रेकर्डमा सुरक्षित गर्नुपर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार