कूल ४५ वटा सर्वजनिक संस्थाहरुमध्ये १५ वटा घाटामा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्नुपूर्व सरकारले बिहीबार आर्थिक सर्वेक्षण सार्वजनिक गरेको हो । जस अनुसार कूल ४५ वटा सार्वजनिक संस्थानतर्फ सरकारले गरेको ठूलो लगानी प्रतिफलविहीन बन्न पुगेको तथ्य सार्वजनिक भएको छ ।

सार्वजनिक संस्थानको वास्तविक अवस्थाको जानकारी आम नागरिक र सरोकारवालासम्म पुर्‍याई पारदर्शिता र जबाफदेहिताको अभ्यासलाई सुनिश्चित गर्न प्रत्येक वर्ष सार्वजनिक संस्थानको स्थिति समीक्षा सम्मानित सभा समक्ष प्रस्तुत गरिने गरिएको छ।

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्। जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार